बालुवाटारमा प्रधानमन्त्री देउवा, माधव नेपाल र प्रचण्ड बीच एक घण्टा छलफल
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आज छलफल गरेका छन्। छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड र एमाले समाजवादीका अध्यक्ष नेपाल साढे नौ बजे प्रधानमन्त्री निवास पुगेका थिए। नयाँ पार्टी दर्ताका लागि निवेदन दिएपछि नेपालले देउवासँग औपचारिक रुपमा पहिलो भेट गरेका हुन्। अध्यादेश जारीबाट एमाले फुटेसँगै अब मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ। प्रधानमन्त्री देउवासँगको भेटमा समसमायिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जनाए।