बहुप्रख्यात सफल रियालिटी सो बिग बोसको १५ औं सिजन बाट सलमान खान बाहिरिएका छन् । अब बिग बोसको आगामी संस्करणमा भने सलमानलाई देख्न पाइने छैन । ‘बिग बोस’ सुरुभएदेखि नै अभिनेता सलमान खानले कार्यक्रम सञ्चालन गर्दै आएका थिए । सलमान केही समयदेखि नै बिग बोस छोड्न चाहन्थे । उनीसँग फिल्म र अन्य थुप्रै सम्झौताहरुका चाङ भएका कारण बिग बोसका लागि समय निकाल्न सलमानलाई निकै मुस्किल पर्ने गर्दथ्यो, त्यसैले उनले यस वर्ष यो शोबाट अलग हुने निर्णय लिएका हुन् । बिग बोसको सीजन ४ देखि सलमानले यो शो होस्ट गर्दै आएका छन् ।सलमानको सट्टा फिल्म निर्देशक करण जोहरले उक्त कार्यक्रम सञ्चालन गर्ने भएका छन्।