के–पप अर्थात कोरियन पप ब्यान्ड ‘बीटीएस’ ले नयाँ रेकर्ड बनाएको छ । सातजना युवा गायकहरुको यस ब्यान्डको हालै रिलिज भएको नयाँ गीतको भिडियो ‘परमिसन टु डान्स’ले नयाँ रेकर्ड कायम गरेको हो । जुलाई ९ मा रिलिज भएको उक्त गीतको भिडियोले तीनदिनमा अर्थात जुलाई ११ भित्र १०० मिलियनभन्दा धेरै भ्युज पाइसकेको छ ।