भृकुटी मण्डपस्थित सुज ग्यालरीले लामो समयको लकडाउनपछि समर सेल अफर सुरु गरेको छ । यस अबसरमा सुज ग्यालरीले विभिन्न ब्राण्डका जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । लामो समयको लकडाउनले घरमै बस्न बाध्य उपभोक्तालाई लक्षित गरी समरमा नयाँ जुत्ताचप्पल सस्तोमा उपलब्ध गराउन यस्तो योजना ल्याएको सुज ग्यालरीले जनाएको छ । ग्यालरीले बाबुको मुख हेर्ने दिनलाई लक्षित गरी नयाँ डिजाइनका जुत्ताहरु समेत उपलब्ध गराउने भएको छ । ग्यालरीले यस अबसरमा ५०० रुपैयाँमै २ जोडी चप्पल उपलब्ध गराउने छ । ग्यालरीमा ५०० देखि १० हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध हुने छन् । सुज ग्यालरीमा बिएफ डियर हिल, कोशेली, रन, रोयल र क्रसरोड ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । विएफ डियर हिल सुजले आफ्नो जुत्ता उत्पादनको २१ बर्ष पूरा गरेकोे अबसरमा नयाँ लोगोसहित नयाँ डिजाइनका जुत्ताहरु बजारमा ल्याएको छ । यसै अबसरमा कम्पनीले सुज ग्यालरीमार्फत १५ प्रतिशत छुटमा जुत्ता उपलब्ध गराउने बिएफ डियर हिल सुजका संचालक होमनाथ उपाध्यायले जानकारी दिए । भृकुटीमण्डपमा रिपोर्टर्स क्लवअगाडि सुज ग्यालरी रहेको छ । ग्यालरीमा पार्टी, क्याजुअल, स्पोर्टस, युनिफर्म जुत्ता तथा पुरुष महिलाका लागि चप्पल गरी १००० भन्दा बढी मोडलका जुत्ताचप्पलहरु उपलब्ध छन् । सुज ग्यालरीले विवाहको सिजन र स्कुलको नयाँ शैक्षिकसत्रलाई समेत लक्षित गरेर जुत्ताहरु उपलब्ध गराउने भएको छ ।