मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमवार बाँडफाँट हुदै
३ लाख ८९ हजार कित्ता सर्वसाधारणका लागि शेयर निष्काशनमा ल्याएको मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमवार बाँडफाँड हुने कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । कम्पनीको आइपीओमा ७३ गुणा अर्थात २ करोड ६५ लाख ७४ हजार ५० कित्ता आईपीओका लागि आवेदन परेको छ । जसमध्ये बाट भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर हात पार्ने छन् ।