साउन २७ गतेदेखि ३१ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सोमबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँटगरेको हो । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन् । मानुषीको आइपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।