केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो सेयर सफ्टवेरमामा ‘माइ होल्डिङ नामक नयाँ फिचर थपेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९सँगै दोस्रो बजारमा हुने सेयर खरिद बिक्रीको करमा भएको दुई थरी प्रावधान अल्पकालिन लगानीकर्ता (१ वर्षभन्दा कम) र दीर्घकालिन लगानीकर्ता(१ वर्षभन्दा बढी) लाई सहजीकरण गर्न यस्तो फिचर थपिएको केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले जनाएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिको लागि सेयर होल्ड गर्नेले ७.५ % लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५ % लाभकर तिरे पुग्ने भएको छ । यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।नयाँ फिचरबाट लगानीकर्ताले आफूले बेचेको सेयर कति समय होल्डभएर बिक्री गरियो र त्यसमा कति पूँजीगत लाभकर लाग्ने भयो भनि थाहा हुनेछ ।