मैत्रीपुर्ण खेलमा जर्मनी क्लब बायर्न म्युनिख पराजित
प्रि–सिजनको शनिबार राति भएको मैत्रीपुर्ण खेलमा जर्मनी क्लब बायर्न म्युनिखले इटालियन क्लब नेपोलीसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ ।एलिएन्ज एरिनामा भएको खेलमा बायर्नले नेपोलीसँग ३–० को हार बेहोरेको हो ।प्रि सिजनको चार खेलमध्ये बायर्नको यो तेस्रो हार हो । प्रि–सिजनमा नेपोलीको यो लगातार तेस्रो जित हो ।