मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली पौने ४ बजे नेपाल आउँदै
नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय टोली अहिले केही बेरमा नेपाल आउँदैछ । २५ सदस्यीय भारतीय टोली अहिले पौने ४ बजे काठमाण्डौ आइपुग्ने एन्फाका महासचिव इन्द्रमान तुलाधरले उज्यालोलाई जानकारी दिनुभयो । नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।