मैलुङ खोला जलविद्युत कम्पनीको ७ लाख २६ हजार २८६ कित्ता आइपिओ आजबाट खुला
मैलुङ खोला जलविद्युत कम्पनीले आजबाट ७ लाख २६ हजार २८६ कित्ता आइपिओ जारी गरेको छ । कम्पनीले प्रतिकित्ता १०० को दरले सो आइपिओ जारी गरेको हो । लगानीकर्ताले यो आइपिओ श्रावण १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।