– बिस्कुट, कुकिज, चकलेटको प्रयोगको सट्टा फाइदाबद्र्धक चिल्ला खानेकुरा ओखर, काजु, बदाम, पेस्ता दैनिक १५ देखि २० ग्राम भोक लागेको समयमा खाँदा मस्तिस्क स्वच्छ हुनुका साथै पेट गह्रौ भएको महसुस गराउँछ ।
– अंकुरित प्रकृयाबाट गेडागुडीको टुसा उमारेर दैनिक २५ देखि ३० ग्राम बिहान नास्ताको समयमा प्रयोग गर्नाले फाइबर प्रदान गराउनुका साथै तौल घटाउन मद्दत पुर्याउँछ ।
– रोटी, गेडागुडी, दही, दूध, सागसब्जीलाई प्रशस्त दैनिक थालीमा समावेश गर्नाले क्यालोरी नियन्त्रणमा मद्दत पुग्छ ।
– नियमित ब्रेकफास्ट प्रयोग गर्नाले पेट भोको नरहने हुँदा धेरै खाने प्रवृतिलाई रोक्न मद्दत पुर्याउँछ ।
– कम क्यालोरी भएको खाद्यान्न जस्तै मकै, ओट्स, खरबुजा, सूप, बन्दाकोबी, काँक्रा, कालो बोडीको प्रयोग गर्नु पर्दछ ।
– कम खाने र पटक–पटक नियमित समयमा खाने बानीले क्यालोरीलाई नियन्त्रणमा ल्याउन मद्दत पुर्याउँछ ।
– मैदाजन्य खानेकुरा पास्ता, चाउचाउ, बिस्कुट, मम, चाउमिन, थुक्पाको प्रयोग कम गर्ने र गुलियो कुकिज, डुनट र उच्च क्यालोरी हुने केकको प्रयोग कम गर्नु पर्छ ।