कोरोना महामारीका कारण विगत डेढ बर्षदेखि नेपाली चलचित्र क्षेत्र शुन्य जस्तै छ । यसैक्रममा आज शुक्रबारबाट फिल्म ‘म त मर्छु कि क्या हो’ ओटीटीमा रिलिज भएको छ । सुदीप बरालको छायांकन हास्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेको निर्देशन, निर्माण र अभिनय रहेको २ घण्टा लामो यो चलचित्रलाई ओहो मुभिज एप डाउनलोड गरी केही रकम तिरेर हेर्न सकिने बताइएको छ । फिल्ममा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको पनि अभिनय रहेको छ ।