राज्यमन्त्रीबाट राजीनामा दिएका कुशवाहाले गाडी लगायतका सरकारी सुविधाफिर्ता गरेनन्
सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट मन्त्री बनेका प्रदेश २ का पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएको एक महिना बितिसक्दा समेत गाडीलगायतका सरकारी सुविधा फिर्ता गरेका छैनन् ।आफ्नो निवासमा सुरक्षाका लागि लगाइएको ५ थान सिसिटिभी क्यामेरा समेत पूर्वराज्यमन्त्री कुशवाहाले फिर्ता गरेका छैनन् । मन्त्रालयबाट पटक पटक ताकेता गर्दा समेत पूर्व राज्यमन्त्री कुशवाहाले ती सामग्रीहरु फिर्ता गर्न अटेर गर्दै आईरहेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । यता पूर्वराज्य मन्त्री कुशवाहाले भने राज्यमन्त्रीको पदबाट हटे लगत्तै सम्पूर्ण सामग्री फिर्ता गरेको जिकिर गरे । उनले भने– मन्त्री पदबाट हटे लगत्तै सबै सामग्रीहरु फिर्ता गरेको हुँ । कुनै पनि सामग्रीहरु फिर्ता गर्न बाकी छ भनेर मन्त्रालयले पत्र पठाउनुपर्छ, बाहिर हल्ला गरेर केहि हुनेवाला छैन ।