राष्ट्रपति कार्यालयमा अन्योलतापछि शेरबहादुर देउवाले लिए , पद तथा गोपनीयताको शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित हिजो विशेष समारोहबीच नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको पत्रमा संविधानको धारा उल्लेख नभएपछि भण्डारी विवादीत बन्नुपरेको र संविधानको धारा उल्लेख नभएसम्म शपथ नलिने अडान लिएपछि समारोह २ घण्टा ढिला सुरु भएको थियो। पत्र सच्याएपछि देउवा नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री चयन भएका थिए।