राष्ट्रपति हत्याको आरोपमा प्रहरीद्वारा चारजना बन्दुकधारीको हत्या
हइटीका राष्ट्रपति जोभेनेल मोइसीको बुधबार निजी निवासमा गोली हानेर हत्या भए संगै प्रहरीले हत्या आरोपमा चारजना शंकास्पद व्यक्तिलाई मारेको छ भने दुईजना हिरासतमा छन् । यस घटनामा घाइते भएकी राष्ट्रपति पत्नीलाई उपचारका लागि फ्लोरिडा लगिएको छ । उनी गम्भिरमा अवस्थामा छिन् ।५३ वर्षीय मोइसीले फेब्रुअरी २०१७ देखि सत्ता सम्हालेका थिए। आफ्नो कार्यकाल सम्पन्न भइसक्दा समेत मोइसी राष्ट्रपति पदमै आसिन भएपछि हजारौं नागरिकले उनले तत्काल सत्ता परित्याग गर्नुपर्ने भन्दै उनीसँग हइटीका जनता निकै रुष्ट भएका थिए ।