रियल र एसी मिलानबीचकाे खेल गोलरहित बराबरीमा टुङ्गियो
प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । अष्ट्रियामा आइतबार राति भएको खेलमा ग्यारेथ बेल पेनाल्टीमा चुक्दा रियल र मिलानले गोलरहित बराबरी खेलेका हुन् । दुबै टोलीले केही अवसर सिर्जना गरे पनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो । अब दुवै टोली आ–आफ्नो देशको लिगमा होमिनेछ । रियलले १५ अगस्टमा डिपोर्टिभो एलाभेससँग खेल्दै नयाँ सिजनको ला लिगाको सुरुवात गर्नेछ । मिलानले एक मैत्रीपुर्ण खेलपछि सिरी ‘ए’ मा होमिनेछ ।