रोड्रिगो डि पउल ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्धित
कोपा अमेरिका कप विजेता अर्जेन्टिनी स्टार मिडफिल्डर रोड्रिगो डि पउल ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिकोले रोड्रिगोलाई इटालियन क्लब उडिनेसबाट ३० मिलियन पाउन्डमा ५ वर्ष सन् २०२६ सम्म को लागि अनुबन्ध गर्न सफल भएको हो ।२७ वर्षीय डे पउललाई एट्लेटिकोले इटालियन क्लब उडिनेसेबाट भित्र्याएको हो । उनको राष्ट्र अर्जेन्टिनाले यसै साता ब्राजिललाई हराउँदै २८ वर्षपछि कोपा अमेरिका कप जितेको थियो ।