बलिउड अभिनेत्री शिल्पा शेट्ठीले विभिन्न सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै सञ्चारमाध्यमविरुद्ध दुई सय ५६ करोड भारतीय रुपियाँको क्षतिपूर्ति माग गरी उनीहरूविरुद्ध मुम्बई उच्च अदालतमा मुद्दा दायर गरेकी छिन्। शिल्पाले विभिन्न सञ्चारमाध्यममा आएका बिनाप्रमाणका समाचारले आफू र आफ्नो करिअर तथा परिवारमा नकारात्मक असर गरेको भन्दै मुद्दा दाएर गरेकी हुन्।