पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलले कर्मचारीहरु प्रति एनसेल प्रशासनले अन्यायोचित व्यवहार गरेको, कर्मचारीहरुलाई बिना कारण निकाल्ने तथा सरुवा गर्ने गरेको र सो कुरा ट्रेड युनियनका अध्यक्ष ले प्रशासन समक्ष कुरा राख्दा युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेखिएको, हरेक दुई–दुई बर्षमा हुने सामुहिक सौदावाजीमा पेश भएका जायज माग सम्बोधन नभएको आदि कुराहरु प्रति रुस्ट भएर एनसेलका कर्मचारीहरु एनसेलको मुख्यालय लैनचौरमा कालो ब्यानरसहित आइतबार देखि प्रदर्शनमा उत्रिएका हुन् ।