सानिमा लाइफ इन्स्यारेन्सले यही श्रावण २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।२० गतेदेखि खुला हुने आईपीओमा २४ गतेसम्म आवेदन दिन पाइनेछ । इन्स्यारेन्सले नेपाल धितोपत्र बोर्डको अनुमति पाएपछि ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता को ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।