सास फेर्न समस्या र अक्सिजनको स्तर कम भएपछि सायरा बानो तीन दिनदेखि आइसीयूमा
बलिउड जगत्का प्रख्यात हस्ती दिलिप कुमारकी पत्नी सायरा बानोलाई सास फर्ने मुश्किल भइरहेको छ । पछिल्लो तीन दिनदेखि उनी हिन्दुजा अस्पतालको आइसीयूमा भर्ना छिन् । उनको स्वस्थ्य स्थिती सामान्य बताइएपनि उनको रक्तचाप साधारण नरहेको बताइएको छ ।अक्सिजनको स्तर पनि कम भएका कारण उनलाई सास फर्ने समस्या भइरहेको छ । ५४ वर्ष दिलिप कुमारसँग बिताएकी सायरा हाल ७६ वर्षकी भइन् । तीन दिनअघि खाना खाएपछि उनको स्वास्थ्य थप बिग्रिएको थियो, तसर्थ उनलाई अस्पताल लगिएको थियो ।