अभिनेता सैफ अली खान र करिना कपुर एकपटक पुनः आफ्नो फिल्ममका कारण नभई, छोराका नामका कारण चर्चामा रहेका छन् । पहिलो सन्तानको रुपमा छोरा तैमुरअली खानलाई जन्म दिदा पनि उक्त नामका कारण सैफ करिना विवादमा तानिएका थिए । उनीहरुले पहिलो सन्तान तैमुरको नाम मुगल बादशाहको नाममा आधारित रहेर राखेका थिए ।सोमबार करिनाले सामाजिक संजालबाट उनीहरुले दोश्रो सन्तानको नाम जहांगीर अली खान भनि सार्वजनिक गरेसंगै उनी समाजिक सञ्जालका प्रयोगकर्ताको ट्रोल को सिकार बनेकी छन् । अधिकांश सामाजिक संजाल प्रयोगकर्ताले करिना र सैफले मुगल शासकको टिम नै बनाउन लागेको भन्दै आलोचना गरेका छन् ।मुगल बादशाह अकबरका छोरा सलिमको नाम जहांगीर थियो । जहांगीर एक पारसी शब्द हो, जसको अर्थ दुनियाँमा राज गर्ने व्यक्ति भनेर वुझिन्छ ।