शनिबार राति भएको खेलमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि जित निकालेको छ । रियलले बेटिस क्लबलाई १–० ले हराएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । जितपछि तीन खेलबाट सात अंक जोड्दै मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको समान अंक रहेको छ ।