फिफा विश्वकप २०२२ को युईएफए छनोट खेल अन्तर्गत हंगेरीको राजधानी बुडापेस्टमा बिहीवार राति भएको समूह ‘आई’को खेलमा युरो कप उप-विजेता इङ्ल्यान्डले हंगेरीलाई ४-० गोलले पराजित गरेको छ। खेलमा दुवै टोलीले गोलरहित बराबरीको पहिलो हाफ खेलेका थिए। तर दोस्रो हाफमा इङ्ल्यान्डले अग्रता लिन सफल भयो।