ह्याकरले दियो इमेल मार्फत १३ नेपाली बैंक ह्याक गर्ने चेतावनी
नेपाल राष्ट्र बैंकसहित १६ वटा वाण्ज्यि बैंकको प्रणाली ह्याक गरेर रकम चोर्ने धम्की ह्याकरले दिएपछि अहिले बैंकिङ क्षेत्रमा ‘आतंक’ फैलिएको छ । बैंकहरुलाई इमेलमार्फत सिष्टम ह्याक गर्ने चेतावनी दिइएको हो । ह्याकरले नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नेपाल बैंक, नबिल बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंकलगायतलाई ह्याक गर्ने चेतावनी दिएको हो । २४ घण्टाभित्रै ठूलो नोक्सानी पुर्याउने चेतावनी दिँदै बुधबार इमेल आएको एक बैंकरले जानकारी दिए ।