ह्वाइट हाउसमा बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच भेटवार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच भेटवार्ता भएको छ । सोमबार भएको वार्तामा द्धिपक्षीय हित, आपसी सम्बन्ध तथा अन्य क्षेत्रीय विषयमा वार्ता भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले प्रकाशित गरेको एक विज्ञप्तिका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको,इजरायल प्यालेस्टाइनबीचको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गरेको सो विज्ञप्तिमा जनाइएको छ । जोर्डनका राजा अब्दुल्लाह द्धितीय हाल अमेरिकाको भ्रमणमा रहेका छन् ।