शिव र गौरीले पछिल्लो पटक एकसाथ काम गरेको फिल्म ‘धर्मसंकट’ रिलिज भएको २३ वर्ष भएको छ । ‘धर्मसंकट’ रिलिजको २३ वर्षपछि शिव र गौरीले शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको बर पीपल’ मा एकसाथ काम गरेका छन् । अहिले चित्लाङ क्षेत्रमा छायांकन भइरहेको फिल्ममा भुवन केसी, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी लगायतको पनि अभिनय छ ।