२५ डलरमा गूगल वानले ल्यायो ५ टेराबाईटको स्टोरेज प्लान
गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको छ । हालसम्म गूगल वानमा २ टेराबाईट स्टोरेज र १० टेराबाईट स्टोरेज पाउन सकिन्थ्यो जसमा २ टेराबाईट स्टोरेज को लागी १० डलर प्रति महिना तिर्नु पथ्र्यो भने १० टेराबाईट स्टोरेज को लागी ५० डलर प्रति महिना तिर्नुपथ्र्यो । तर २ टेराबाईट स्टोरेज केही प्रयोगकर्ताका लागि थोरै र १० टेराबाईट स्टोरेज केही प्रयोगकर्ताका लागि धेरै भईरहेको कारणले गर्दा गूगल वानले ५ टेराबाईटको स्टोरेज प्लान ल्याएको हो । यस प्लानको शुल्क २५ डलर प्रति महिना तोकिएको छ ।