३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा छ स्वर्ण सहित चीन शीर्ष स्थानमा
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म छ स्वर्ण, तीन रजत र छ कास्यसहित १५ पदक प्राप्त गरेको छ । प्रतियोगितामा अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् ।