३२औं ग्रीष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन आज हुदै
विश्व खेलकुदको महाकुम्भ अर्थात् ओलम्पिकको ३२औं संस्करणको औपचारिक उद्घाटन जापानको राजधानी टोक्योस्थित ओलम्पिक स्टेडियममानेपाली समय अनुसार आज साँझ ४ः४५ बजे बाट शुरू हुँदैछ । २०२० मा नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीकै कारण एक वर्ष पछि हुन लागेको हो । ओलम्पिकको इतिहासमा पहिलोपटक दर्शकबिना ओलम्पिक हुने भएको छ । भावनाको एकता भन्ने नारा दिइएको यसपटकको ओलम्पिकको उद्घाटन अरू बेला जस्तो भिडभाड र तामझाम नहुने उद्घाटन छोटो तर आकर्षक हुने बताइएको छ । कोभिडको त्रासलाई न्यूनीकरण गर्ने हेतु उद्घाटन समारोहमा १५ देशको शीर्ष नेताहरूले मात्र सहभागिता जनाउनेछन् । टोक्यो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अनिवार्य कोटाअनुसार पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सका सरस्वती चौधरीका साथै वाइल्ड कार्डबाट छानिएका सुटिङ खेलाडी कल्पना परियार र जुडोकी सोनिया भट्टले टोक्योमा प्रतिस्पर्धा गर्दैछन् ।