५५ वर्ष पछि इंग्ल्यान्डलाई आज हुने खेलमा फाइनलमा पुग्ने अवसर
पछिल्लो पटक सन् १९६६ को विश्वकप उपाधि जिते पश्चात इंग्ल्यान्डले लगातार चार पटक सेमिफाइनलमा हार बेहोरेको छ । सन् १९९० र २०१८ को विश्वकपमा अन्तिम चारमा रोकिएको इंग्ल्यान्ड युरो १९६८ र १९९६ मा पनि फाइनलमा पुग्न सकेको थिएन । सन् २०१९ को यूईएफए नेसन्स लिगमा पनि इंग्ल्यान्ड नेदरल्यान्ड्ससँग सेमिफाइनलमा पराजित भएको थियो । युरोपेली च्याम्पियनसिप २०२० को आव हुने सेमिफाइनलमा डेनमार्कको सामना गर्दा इंग्ल्यान्डसामु ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाउने अवसर हुनेछ ।