03:39:53 pm 07-Dec-2021

मुक्तिनाथ विकास बैंकद्वारा कृषिमा लगानी बढाउन मुक्तिनाथ कृषि कम्पनी संचालन


मुक्तिनाथ विकास बैंकद्वारा कृषिमा लगानी बढाउन मुक्तिनाथ कृषि कम्पनी संचालन

मुक्तिनाथबिकास बैंक लि. लगायत नेपालका ८६३ जनाभन्दा बढि सफलव्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयव हरुमा काम गर्दे आइरहेको छ ।
विभिन्न उद्देश्यहरु प्राप्तिको लागिआफ्नो स्थापनाकाल देखि विभिन्न कृषिव्यवसायि, कृषक समुह तथा सहकारीहरु संग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमापुर्याउन सकिन्छ भन्ने सन्दर्भमाविभिन्न राष्ट्रिय तथाअन्तराष्ट्रिय संघसंस्था, उत्पादककम्पनीहरु संग सहकार्य गर्दे देशकाविभिन्नभुभागमा कृषि पेशागर्दे आइरहेकाकृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालनगर्दे आइरहेको छ ।
वि.स. २०७५ सालमा १ अर्वअधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापनाभएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसै परिवेशमामुक्तिनाथ कृषिकम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्रनिष्काशनको लागिमिति २०७८÷०६÷२१ गतेकादिनमुक्तिनाथ कृषिकम्पनीलि. काकार्यकारी अध्यक्षश्री भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लि. काप्रमुखकार्यकारी अधिकृत श्री सवीर बादे श्रेष्ठले एक समारोहकाबीचधितोपत्रनिष्काशनव्यवस्थापनको लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । कार्यक्रमामुक्तिनाथ कृषिकम्पनीलि. का संचालकतुलसिराम ढकाल, सितारामकाफ्ले र विजय गुरुङ, प्रमुखकार्यकारी अधिकृत श्री सलिलकुमार श्रीवास्तव, कम्पनी सचिवश्री रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुखकार्यकारी अधिकृत कविन्द्र ध्वजजोशि, मुक्तिनाथ बैंकका क्षेत्रीयप्रमुखबाबुराम ढकाल र मेगा क्यापिटल लि. काप्रमुखलगानीअधिकृत श्री सुलभ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कृषि क्षेत्रमाकामगर्ने अभिप्रायलेनीजि क्षेत्रको लगानीमा स्थापनाभएकाकम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्रनिष्काशनपहिलो हुनेछ । यो शुरुवात संगै संस्थागत रुपमाविकास हुननसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागतविकास र अन्यनयाँपब्लिककम्पनीको आगमनको लागिकोशेढुङगा सावितहुने मुक्तिनाथ कृषिकम्पनीलि. काकार्यकारी अध्यक्षश्री भरतराज ढकाल बताउनुहुन्छ ।
उल्लेखित सम्झौताअनुसार यहिवर्षको चैत्र मसान्तभित्रनिष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने लक्षलिएको छ । यसअन्तरगत सर्वसाधारणको लागि रु चार करोड बराबरको ४ लाखकित्ताधितोपत्रनिष्काशनहुनेछ ।आवश्यकताअनुसार मुक्तिनाथ कृषिकम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्षलिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]