02:08:50 pm 07-Dec-2021

निहत्था कर्मचारीलाई दुर्व्यबहार सर्वत्र निन्दा


जनकपुर, ५ कार्तिक २०७८ खानेपानी तथा ढलनिकास कार्यालयका प्रमुख श्रीजनकपुर — खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि बिहिवार सिके राउतको जनमत पार्टीका कार्यकर्ताहरुको कार्यको सर्वत्र बिरोध भईरहेको छ । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलमग्‍न भएपछि राउत समर्थक कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर आक्रोश पोखेका हुन् । कानूनी राज र बिधि पद्दतिको वकालत गर्ने जो सुकैले सो कार्यको निन्दा गरेका छन् ।

आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए ।

‘मलाई गोली ठोकेपनि केही बोल्दिनँ,’ पत्रकारसित बोल्न राउत समर्थकले दबाब दिएपछि प्रमुख कुशवाहाले रुदै यति मात्रै बोले । प्रमुख कुशवाहालाई राउत समर्थकले करिब १ घण्टा जनकपुर घुमाएर जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयनिर पुर्‍याएका थिए । त्यहाँ प्रहरीले प्रमुख कुशवाहालाई उनीहरुको कब्जाबाट थुतेर उपमहानगरपालिकाको कार्यालयभित्र लगेर सुरक्षित गरेका थिए । ‘सरकारी कार्यालयका प्रमुख कुशवाहालाई राउत समर्थकले सँगै घुमाएपछि प्रहरीले उनलाई सुरक्षित ठाउँमा राखेको छ,’ धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले भने,‘कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको छ ।’

जनमत पार्टीले जनकपुर सहरलाई व्यवस्थित, ढल निकासको उचित प्रबन्ध, फोहर व्यवस्थापन लगायतका माग गर्दै साताअघि खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय लगायतका सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो । केही समययता जनमत पार्टीले भ्रष्टाचार, अनियमितता, विकासमा बेथिती, सेवाग्राहीले सरकारी कार्यालयमा पाउने सास्ती लगायतका मुद्दामा लगातार प्रदर्शन गरिरहेको छ ।
सामाजिक संजालमा सर्बत्र सो कार्यको विरोध भईरहेको छ । आज सिके राउतको जनमत पार्टिका १७ जनाविरुद्ध प्रहरीले शुक्रबार आपराधिक प्रवेश र आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]