02:36:43 pm 07-Dec-2021

सुरक्षा फौजमा अब सबैतहमा सम्मानित शब्द प्रयोग गर्नुपर्ने


काठमाडौं । ५ कार्तिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा अब कसैलाई पनि ‘तँ’ भन्न नपाइने भएको छ अर्थात तल्लो तहका राष्ट्रसेवकलाई पनि आदरार्थि शब्दको प्रयोग गर्नुपर्नेछ ।गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा शुक्रबार भएको एक कार्यक्रममा तीनवटै संगठनका उच्च अधिकारीलाई राखेर यस्तो निर्देशन दिएका हुन् । जसमा गृहसचिब टेकराज पाण्डे लगाएत उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न गृहमन्त्रीबाट निर्देशन भएको जानकारी दिए । ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शव्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने ‘अब संगठनमा कसैले कसैलाई ‘त’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शव्द प्रयोग गर्नुपर्छ ।’
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]