03:44:13 pm 07-Dec-2021

खसीको हड्डिको सुप बनाउने तरिका


खसीको हड्डिको सुप बनाउने तरिका

दसैंमा राखेको खसीको खुट्टा तपाईहरुकोमा होला अब हेरौं उक्त खुट्टाबाट हड्डीको सुप बनाएर खाँदा यो स्वादिलो हुनुका साथै यसले तपाईलाई जाडोमा न्यानो पार्न सघाउ पुर्‍याउँछ । हड्डीको सुप बनाउन सर्वप्रथम भाँडोमा तोरीको तेल तताउने । त्यसमा कुटेको/पिसेको अदुवा, लसुन, प्याज राखेर फ्राइ गर्ने । रातो भएपछि हड्डी हालेर मज्जाले केहिबेर फ्राइ गर्ने । त्यसपछि टमाटरको पिउरी हालेपछि नुन, बेसार, माथि तयार पारेको मसला हालेर एकछिन चलाउने । ३० देखि ४५ मिनेटसम्म डिप फ्राइ गर्ने । अब तातोपानी हालेर १ घण्टाजति विस्तारै पकाउने । सानो आगो बनाएर निकैबेर त्यत्तिकै छोडिदिने । हड्डी गल्छ र मसला पनि राम्रोसँग पाकेर त्यसको स्वाद अझ मीठो हुन्छ । यसरी हड्डीलाई स्वस्थ बनाएर सुप बनाई पिउन सकिन्छ

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]