01:53:53 pm 07-Dec-2021

एकिकृत समाजबादि उत्साहित


एकिकृत समाजबादि उत्साहित

५ कात्तिक, काठमाडौं । ८ भदौमा दल दर्ताको मान्यता पाएको एकीकृत समाजवादीले ७३ भौगोलिक जिल्ला र चार गैरभौगोलिक जिल्ला कमिटी बन्नुलाई उपलब्धी मानेको छ । बाढी, पहिरो र डुवानका कारण केही समस्या आएपनि पार्टी संगठन निर्माण कार्य तीव्र रहेको पनि वक्तव्यमा उल्लेख छ ।नेकपा (एकीकृत समाजावादी) ले पार्टी गठनको दुई महिना अवधिको प्रगति विवरण सार्वजनिक गरेको छ ।

प्रवक्ता जगनाथ खतिवडाले वक्तव्य जारी गरी पार्टी गठनको दुई महिनामै अभूतपूर्व उत्साह देखिएको उल्लेख गरेका हुन् । ‘पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरुको स्वतःस्फुर्त सहभागिताले यो स्थिति सम्भव भएको हो’, वक्तव्यमा भनिएको छ ।

यो अवधिमा केन्द्रीय कमिटीले पूर्णता पाएको र नेताहरुको जिम्मेवारी तोकिएको एकीकृत समाजवादीले जनाएको छ । पार्टीको मुखपत्रका रुपमा ‘समाजवाद’ र गतिविधि प्रकाशन गर्न ‘कलम’ बुलेटिन प्रकाशनको तयारीमा रहेको पनि जानकारी दिइएको छ । पार्टीको संगठन गर्न र यसलाई आगामी निर्वाचनमा सफल बनाउन नेपाली जनताले साथ दिने कुरा पनि बताईएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]