03:27:09 pm 07-Dec-2021

नेकपा एमालेमा पुःन विवाद चर्कदै


नेकपा एमालेमा पुःन विवाद चर्कदै

६, कार्तिक, काठमाण्डौ । हिजो एमालेमा उपाध्यक्ष भिम रावलको राजिनामासँगै नेकपा एमालेको १० बुदे कार्यान्वयनको संभावना क्षीण बनेको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै गएको हो । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो । पार्टी बैठकको एजेन्डा समेत १० बुँदे सहमति नबनेको र सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी स्थायी कमिटी बैठकमा आफ्नो लिखित फरक मत प्रस्तुत गरेका छन्। रावलले पार्टी अध्यक्ष केपी ओलीको बचनको विश्वसनियतामाथि प्रश्न उठाउँदै उनकै कारण पार्टीमा अविश्वास बढेको आरोपसमेत लगाएका छन्।स्थायी कमिटी बैठकमा रावलले पेश गरेको ५ पेजको फरक मतमा दश बुँदे सहमति तथा अपानि-१२ कार्यान्वन नभएकोबारे उल्लेख गरेका छन्। उपाध्यक्ष रावलले पार्टी अध्यक्ष केपी ओलीकै कारण १० बुँदे कार्यान्वयनमा समस्या आएको बताएका थिए। सहमति कार्यान्वयनमा अवरोध भएको भन्दै उपाध्यक्ष रावलले १० बुँदे कार्यान्वयनका लागि गठित कार्यदलबाटसमेत राजिनामा दिने घोषणा गरिसकेका छन्।ँ

यसले विगतमा माधवकुमार नेपालसँग निकट रहेर कामगरेका १० भाई भनिने नेताहरुको असन्तुष्टि अझ बढ्ने देखिएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]