02:34:26 pm 07-Dec-2021

सामलिङ्ग पावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयर बाँडफाँड


सामलिङ्ग पावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको साधारण शेयर बाँडफाँड

युवा पोस्ट, कार्तिक १६,२०७८

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्गपावर कम्पनी लिमिटेडको प्रति शेयर अंकितमुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याईएको ७,३०,००० कित्ता शेयर मध्ये १४,६०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ३६,५०० कित्ता सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी बाँकीरहेको ६,७८,९०० (छ लाख अठहत्तर हजार नौ सय) कित्ता साधारण शेयरहरुको आज मिति २०७८ कार्तिक १६ गते मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीले २०७८ कार्तिक ४ गते देखि २०७८ कार्तिक ८ गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण शेयरहरु मंगलबार बाँडफाँड गरेको हो ।
सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि २१,८८,७७८ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययम वाट ६७,८९० जना सफल आवेदनकर्ता छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १२,३०,००० (बाह्र लाखतीस हजार) कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५,००,००० कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४,६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६,५०० कित्ता यस अघिनै बाँडफाँड गरिसकिएको छ ।
कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्रीप्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]