02:50:53 pm 07-Dec-2021

आइसिसी टि २० विश्वकप २०२१ मा आज पाकिस्तान नामिबियासँग खेल्दै


आइसिसी टि २० विश्वकप २०२१ मा आज पाकिस्तान नामिबियासँग खेल्दै

युवा पोस्ट, कार्तिक १६,२०७८

आइसिसी टि -२० विश्वकप २०२१ मा पाकिस्तान आज नामिबियासँग खेल्दैछ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तान लगातार तेस्रो जितका साथ यसअघिनै सेमिफाइनल पक्का गरि सकेको छ । आजको खेलमा विजयी हुँदा पाकिस्तान समूह २ को विजेताको रुपमा सेमिफाइनल खेल्ने पक्का जस्तै हुनेछ । आजको खेलमा पराजित भएमा नामिबिया अघिल्लो चरण समाप्त हुनेछ ।
सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मा नै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।
खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]