01:50:25 pm 07-Dec-2021

शिखरको विन्टर सेल मेलामा ५ सयमै स्कुले जुत्ता छानिछानी


शिखरको विन्टर सेल मेलामा ५ सयमै स्कुले जुत्ता छानिछानी

शिखर सुजले भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा स्कुले विद्यार्थीलाई लक्षित गरी ५ सय रुपैयाँमै छालाका जुत्ता उपलब्ध गराउने भएको छ । त्यस्तै कपडाका सेतो जुत्ता ६ सयमा दुई जोर उपलब्ध गराउने भएको छ । मेला संचालक शिखर पियु इन्डस्ट्रिजका राजु उप्रेतीका अनुसार लामो विदापछि खुल्न लागेका विद्यालय जाने बालबालिकालाई लक्षित गरी शिखरले सस्तो मूल्यमा छालाको जुत्ताचप्पल उपलब्ध गराउन लागेको हो । यति संस्तोमा स्कुले जुत्ता फेरि पाइने छैन, उनले भने ।

शिखरले सुरु गरेको विन्टर सेल मेला तिहारको विदाका दिनमा समेत निरंतर हुने भएको छ ।  ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ, उप्रेतीले भने ।

  ‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ, उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ताचप्पल उपलब्ध हुनेछन् ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पलसमेत राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]