02:22:55 pm 07-Dec-2021

चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूबाट व्यापार रहस्य चोर्न खोजेको ठहर


चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूबाट व्यापार रहस्य चोर्न खोजेको ठहर

युवा पोस्ट, कार्तिक २१, २०७८,

एक चिनियाँ गुप्तचरले अमेरिकामा भएका उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्यता चोर्न खोजेको ठहर भएको अमेरिकाको कानुन मन्त्रालयले जनाएको छ। एउटा जुरीले शू येन्जुन नाम गरेका चिनियाँ गुप्तचरबाट आर्थिक जासुसी र व्यापार रहस्य चोर्न खोजेका पाँचवटा मुद्दामा दोषी ठहर गरेको हो।अमेरिकी कानुन मन्त्रालयका अनुसार शू चिनियाँ राज्य सुरक्षा मन्त्रालयअन्तर्गत रहेको जिआङ्सू शाखाका एक वरिष्ठ अधिकारी हुन्। उक्त शाखाले प्रतिगुप्तचरी, वैदेशिक गुप्तचरी र आन्तरिक सुरक्षासँग सम्बन्धित विषयहरू हेर्छ।

उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा बढी जरिवाना हुनसक्छ। सन् २०१८ मा बेल्जियममा पक्राउ परेका शूलाई त्यसपछि अमेरिकालाई हस्तान्तरण गरिएको थियो। मुद्दा चलाउन अमेरिकालाई हस्तान्तरण गरिएका उनी सम्भवतः प्रथम चिनियाँ गुप्तचर हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]