03:31:39 pm 07-Dec-2021

तिहारपछि बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ५०० कायम


तिहारपछि बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ५०० कायम

युवा पोस्ट, कार्तिक २१, २०७८,
तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ ।लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]