03:00:35 pm 07-Dec-2021

आइएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू


आइएमईको वर्ड भ्रमण विथ साइग्रेस सुरू

युवा पोस्ट, कार्तिक २३, २०७८,

नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले वर्ड भ्रमण विथ साइग्रेस (Word Tour with SAIGRACE) को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा यहिँ कार्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुन गईरहेको छ ।
वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सहि सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्नुहुनेछ ।
कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द (RONB) हुने भएको छ ।
उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल (facebook, youtube, twitter, linkedin) पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]