02:56:25 pm 07-Dec-2021

भृकुटीमण्डपमा सुरु भयो जुत्ताचप्पल मेलाः २५ भन्दा बढी चर्चित ब्राण्ड एकै छानामुनि


भृकुटीमण्डपमा सुरु भयो जुत्ताचप्पल मेलाः २५ भन्दा बढी चर्चित ब्राण्ड एकै छानामुनि

काठमाडौं उपत्यकाका बासिन्दाले मुलुकका चर्चित २५ भन्दा बढी ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानीछानी किन्न पाउने भएका छन् ।
फुटवेयर मेनुफयाक्चरर्स एसोसिएसन अफ नेपालले कात्तिक २६ देखि काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला आयोजना गर्ने भएको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा मेलामा उपभोक्ताले भारी छुटमा गुणस्तरीय जुत्ताचप्पल किन्न पाउने मेला आयोजक समितिका उपसंयोजक सुरज बन्जाडेले जानकारी दिए ।
मेलामा रन, शिखर, सुल्याण्ड, हाइलाइफ, क्रसरोड, ल्याण्डवाक, स्मार्ट सुज, राइनो, फस्र्ट वाक, बिएफ स्पोर्ट, सफ्टटच, गोल्ड स्टार, कोसेली, म्याजिक, बोस सुज, फुट स्टेप, केटिएम, फिट राइट, क्यापिटल सुज, स्टाइललगायतका ब्राण्डका जुत्ताचप्पल उपलब्ध हुने छन् ।
मेलामा ३ हजारभन्दा बढी डिजाइनका १५० देखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्प्ल उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल किन्न पाइने आयोजकले जनाएको छ ।
मेलामा जाडोका जुत्ताचप्पल विशेष आकर्षण हुनेछन् । मेलामा पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्तासमेत उपलब्ध छन् ।
कोरोना महामारीले मेला महोत्सव बन्द रहेका बेला जुत्ता उत्पादकहरुको छाता संगठनले पहिलो पटक बृहद् रुपमा जुत्ताचप्पल मेला आयोजना गर्न लागेको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]