03:29:04 pm 07-Dec-2021

राहदानी विभागले आजबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दै


राहदानी विभागले आजबाट  इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दै

युवा पोस्ट, मंसिर १, २०७८,
सरकारले आज बुधबार दिउँसोबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दैछ । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ इ–पासपोर्ट लागू गरेको हो । विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’ मा रहने छ । यस चिपले हातका औंला, आँखा र अनुहारलाई कैद गर्नेछ र कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, , आधिकारिक, ट्राभल डकुमेन्ट, कूटनीतिक अधिकारी,अस्थायी पासपोर्ट र रेकर्ड ,बुक शान्ति मिसनमा जाने सुरक्षाकर्मी गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।राहदानी विभागका अनुसार आज बुधबारबाट उक्त पासपोर्ट जारी गर्न थालिए पनि मंसिर १५ गतेबाट पूर्णरुपमा सर्वसाधरणका लागि वितरण गरिनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]