03:08:49 pm 07-Dec-2021

८० अंकभन्दा कम अंक ल्याउने करार सेवामा कार्यरत कर्मचारीहरुलाई पुर्ननियुक्ति नगरिने


८० अंकभन्दा कम अंक ल्याउने करार सेवामा कार्यरत कर्मचारीहरुलाई पुर्ननियुक्ति नगरिने

युवा पोस्ट, मंसिर ३, २०७८,
करार सेवामा कार्यरत कर्मचारीहरुको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ मापदण्ड लागू गरेको छ ।मन्त्रिस्तरीय निर्णयबाट तयार पारिएको नयाँ मापदण्डअनुसार अब करारका कर्मचारीहरुको समेत स्थायी कर्मचारीहरुको झैं कार्यसम्पादन मूल्याङ्कन हुनेछ । मन्त्रालयले तयार पारेको उक्त मापदण्डमा १८ वटा बुँदा र पाँच कार्ययोजना समावेश छ । कार्यसम्पादनको मूल्याकङ्कन अंकभार एक सय तोकिएको छ । कम्तिमा ८० भन्दा कम प्राप्ताङ्क ल्याउने करार सेवाका कर्मचारीको पुर्ननियुक्ति हुने छैन । कर्मचारीहरुले पुस ७ गतेभित्र प्रथम पाँच महिनाको र असार ७ गतेभित्र बाँकी अवधिको अनुसूची एकबमोजिम कार्यसम्पादनस्तरको मूल्याङ्कन फाराम दुईप्रति भरेर सुपरिवेक्षकसामु पेश गर्नुपर्नेछ ।मन्त्री,सचिवदेखि हाकिमहरुको ठाडो आदेशमा करार सेवामा एक पटक नियुक्त भएका कर्मचारीहरु हटाउनै नसक्ने स्थिती सृजना भएपछि यस्तो मापदण्ड ल्याइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]