03:17:15 pm 07-Dec-2021

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा


महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

युवा पोस्ट, मंसिर ३, २०७८,
महालक्ष्मी विकास बैंक लिमिटेडका संस्थापक सेयरधनीले आफ्नो नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।बैंकले ७ हजार ५ सय ८५ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो ।बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो । संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले किन्न पाउने गरी फेरि आवेदन खुला गरिनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]