03:37:26 pm 07-Dec-2021

नेपाल बङ्गलादेश बैंकको सत्ताइसौं बार्षिक साधारण सभा तथा सञ्चालक समितिको निर्वाचन कार्यक्रम सम्पन्न


नेपाल बङ्गलादेश बैंकको सत्ताइसौं बार्षिक साधारण सभा तथा सञ्चालक समितिको निर्वाचन कार्यक्रम सम्पन्न

युवा पोस्ट, मंसिर ३, २०७८,

नेपाल बङ्गलादेश बैंकले आफनो सत्ताइसौं बार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन सम्पन्न गरेको छ । कोभिड–१९ को संक्रमण हुन सक्ने जोखिम हालसम्म पनि कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरूको परिपालना गर्दै साधारण सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिले गर्दा साधारण सभामा अनलाइन(Zoom Cloud Meetings) को माध्यमबाट भच्र्युअल रूपमा सम्पन्न गरिएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष श्री ए.आर.एम. नजसमुस शकिबको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७/०७८ को मूनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरेको थियो ।
साथै बैंकले कोभिड १९ को संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीहरू अपनाई शेयरधनीहरुको उपस्थितिमा सम्पन्न निर्वाचनबाट बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरू गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गरिएको पनि बैंकले जनाएको छ । उक्त निर्वाचनमा संस्थापक समूहबाट श्री ए.आर.एम नजमुस शकिब, श्री एम. शाह आलम सरवर तथा श्रीमती क्यामरुन नहर अहमद निर्वाचित हुनुभएको छ भने सर्वसाधारण समूहबाट श्री इन्द्रबहादुर थापा, श्रीमती योगिता दाहाल तथा श्री अमन साह निर्वाचित हुनु भएको बैंकले जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]