02:50:07 pm 07-Dec-2021

दूधको मूल्य बढाउने तयारी


दूधको मूल्य बढाउने तयारी

युवा पोस्ट, मंसिर ५, २०७८,
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, डेरी उद्योग संघ, डेरी एसोसिएसन, दूग्ध विकास संस्थान लगायतको प्रस्तावमा दूग्ध विकास बोर्डले दुधको मूल्य बढाउने तयारी गरेको छ । गाईंभैंसीलाई खुवाउने दाना लगायत मूल्य बढेको भन्दै दुग्ध उत्पादक सहकारी संघले मूल्य बढाउन माग गर्दै आएको छ ।संघको प्रस्तावमा डेरी उद्योगीले पनि साथ दिएका छन् । मूल्य बढाउने सन्दर्भमा बोर्ड पनि सकरात्मक देखिन्छ । यद्यपी, बोर्डले वैज्ञानिक आधारमा बढाउनु पर्ने बताउँदै आएको छ ।सरोकारवाला पक्षले लिटरमा ६ देखि १० रुपैयाँसम्म बढाउन प्रस्ताव गरेका छन् । दूग्ध विकास बोर्डका अनुसार दूधको मूल्यवृद्धि हुँदा बढेको रकमको ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जानेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]