02:57:56 pm 07-Dec-2021

ए डिभिजन लिगमा एपीएफ ३–२ ले पराजित


ए डिभिजन लिगमा एपीएफ ३–२ ले पराजित

युवा पोस्ट, मंसिर ५, २०७८,
ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लब माथि ३–२ को जित निकालेको छ । बीबीसीले खेलमा तीनपटक अग्रता लिदै जित निकाल्न सफल भएको हो । बराबरीतर्फ गएको खेलमा इन्ज्युरी समयको दोस्रो मिनेटमा सुरज गुरुङले गोल गरेपछि ब्रिगेड ब्वाइज विजयी भयो । लिगमा बीबीसी पहिलो चरणमा जित निकाल्ने दोस्रो टोली बनेको छ । यसअघि रुस्लान थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० ले हराउँदै ३ अंक जोडेको थियो । सातदोबाटो, फ्रेन्ड्स, संकटा र हिमालयन शेर्पाको समान एक अंक छ । आज दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]